जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Acedent

लहान । सदरमुकाम सिरहा चोहर्वा सडकखण्ड अन्तर्गत सिरहाको नरहा गाउँपालिका ५ स्थित बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स१च ९०२ नम्बरको बोलेरो जिपले ना११प ५५३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा नगरपालिका ७ निवासी २५ वर्षीय जय यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...