धादिङ बस दुर्घटना मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत बेपत्ता को खोजी कार्य जारी
काठमाडौँ । धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको बस शनिबार बिहान धादिङको गजुरी बाट त्रिशुली नदिमा खसेको थियो ।
मृतक मध्ये ७ जना महिला, ९ जना पुरुष र ३ जना बालक रहेका छन् । दुई जना बालक भने हराइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी कार्यालय धादिङका अनुसार १२ जना मृतकको सनाखत भएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताइको छ ।
सनाखत हुनेहरुमा सप्तरी जिल्लाको तिलाठी गाउँपालिका वडा नम्बर ३ निवासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा जिल्लाको सिराहा नगरपालिका ८ गोलबजारका ५० वर्षिय रामकुमार यादव, सप्तरी जिल्ला देउरी मरुवा नगरपालिका १५ का नरेश मुखिया, जो सहचालक समेत हुन्,।
सप्तरी जिल्ला बोधेवरसाई न .पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न .पा . १६ का ७४ बर्षिय चन्द्रवती झा, सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ बर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ बर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई न .पा २ का ६ वर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुरसनाखत भएको छ ।
प्रतिकृया दिनुहोस