धुलिखेलमा दलित महिलाको २ दिने कार्यशाला सुरु
धुलिखेल । स्थानीय तहमा निर्वाचित दलित महिलाहरूको क्षमता अभिवृद्धिको लागि तालिमको विषय सूचि छनौट विषयक कार्यशाला सुरु भएको छ ।
दलित महिला केन्द्र नेपालको आयोजनामा सुरु भएको २ दिने कार्यशालामा पुर्व सभासद, निवर्तमान सभासद, विभिन्न राजनितीक दलका दलित प्रतिनिधी र नागरिक समाजका अगुवाको सहभागिता छ ।
२ दिनसम्म चल्ने सो कार्याशालामा स्थानिय तहमा बिजयी भएका दलित महिलालाई तालिम दिने विषय तय गरिने दलित महिला केन्द्र नेपालकी अध्यक्ष गौरा नेपालीले बताइन् ।
प्रतिकृया दिनुहोस