धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो २० जना बेपत्ता

Buss accident dhadin

धादिङ । त्रिसुलि नदिमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने २० जना बेपत्ता छन ।

मृत्यु हुनेमा पुरुषको संख्या १२ र महिलाको संख्या ७ रहेको ती मध्ये २ को सनाखत भएको छ । मृतक सप्तरी जिल्ला निवासी ६ वर्षीय आदित्य यादव र भारत मधुवनीको ममतादेवी ठाकुर रहेका छन् ।

ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । 

गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको र अझै २० जना हराइरहेको अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ । बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...