सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो : प्रमुख निर्वाचनआयुक्तयादव

Ayodhi

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सर्वोच्चअदालतको आदेश आफूहरुले नपाएकोले आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भएको स्पष्ट पारेका छन् । 

उनले भने,‘सर्वोच्च अदालतले के आदेश पठाएको छ, हामीलाई थाहा छैन, पहिलो आदेशको जवाफ हामीले कार्तिक ७ गते नै पठाईसकेको छु, अहिले आयोगलाई कुनै पत्र आएको छैन, हामी आफ्नो पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतपत्र छपाईलाई अघि बढाएको छौं, जनक शिक्षा कार्यालयले काम सुरु गरिसक्यो, अब रोकिँदैन्।’ 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले अदालतको आदेश अहिलेसम्म आफूहरुले प्राप्त नगरेको भन्दै मतपत्र छपाईको काम आजबाट नै सुरु भएको जानकारी दिए ।

उनले भने,‘मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै हामी पूर्वनिर्धारित कार्यक्रमअनुसार नै आयोग अघि बढ्छ ।’ उनले अदालतको पछिल्लो आदेश औपचारिक रूपम आयोगमा प्राप्त भइनसकेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...