१ नम्बर प्रदेशको राजधानी बनाउन प्रभावशाली नेतालाई आग्रह

Dhankuta rr

काठमाडौँ । धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउनका लागी आज नेपाली कांग्रेसका प्रभावशाली नेताहरु र मन्त्रीहरुसंग भेटघाट तथा अँन्र्तक्रिया गरी अनुरोध पत्र बुझाएको छ ।

पूर्वाधार ,सुरक्षा सार्मथ्य र ऐतिहासिक आधार लगायत सवै किसिमले १ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउन ज्यादै उपयूक्त भएकाले नेपाली कांग्रेसका प्रभावशाली नेता अर्थ मन्त्री ज्ञानेन्द्र वहादुर कार्की र कांग्रेसका अर्का प्रभावशाली नेता मन्त्री मिन विश्वकर्मा संग उहाहरुकौ विनसमामा भेटघाट तथा अन्र्तक्रिया गरी अनुरोध पत्र बुझाईएको नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले बताए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्थ मन्त्रि ज्ञानेन्द्र वहादुर कार्की र कांग्रेसका अर्का प्रभावशाली नेता बाणिज्य मन्त्री मिन विश्वकर्माले ज्ञापन पत्र बुझ्दै १ नम्वर प्रदेशको राजधानीका लागी धनकुटा उपयूक्त रहेको बताएको संयोजक उमेश घिमिरेले बताए ।

सो अवसरमा नेपाली कांग्रेसका नेता तथा निर्वतमान सांसद मनोहर नारायण श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा संयोजक उमेश घिमिरे ,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई ,नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सुन्दरबाबु श्रेष्ठ ,महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल,पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं.९ का वडाध्यक्ष संदिव रायमाझि,धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका सचिव सर्मिला राई,नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई,नेपाल रेडक्रस सोसाईटी हिलेका सभापति धिरेन थिङ लगायतले १ नम्वर प्रदेशको राजधानी धनकुटालाई भौतिक पूर्वाधार,सार्मथ्य,सुरक्षा र सुन्दरता तथा सुरक्षाका लागी बनाउनु पर्ने विभिन्न आधारहरु मन्त्रिहरु र नेताहरु समक्ष प्रस्तुत गर्नु भएको थियो ।

धनकुटाबाट काठमाडौँ आएको धनकुटा प्रादेशिक राजधानी अभियान समितिले हिजो मात्र प्रधान मन्त्रि तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवासंग प्रधान मन्त्रि निवास बालुटारमा भेटघाट तथा अन्र्तक्रिया गरी आधार पत्र बुझाउदै धनकुटालाई १ प्रदेशको राजधानी बनाउन अनुरोध गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...