सकियो समानुपातिक मतपत्र छाप्ने काम

Nirwachan aayog

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्रको छपाई सकेको छ । आयोगले समानुपातिक तर्फको मत पत्र छाप्ने काम सकेकाले प्रतिनिधि सभा र प्रदेश सभाको मत पत्र पनि छाप्न सुरु गर्ने भएको छ ।

सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्व निर्धारित कार्यक्रमअनुसार सुक्रबारदेखि नै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु हुने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताए ।

आयोगले निर्धातिर समयमा मत पत्र छाप्न नसक्ने तर्क गर्दै सरकारले निर्वाचनको मिति सार्ने योजना बनाइरहेको थियो । तर, आयोगले निर्धाति मितिमै निर्वाचन गराउन आवश्यक पर्ने सबै मतपत्र छाप्न सकिने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेकोले बाँकी काम आयोगले पूरा गर्ने बताए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आज आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा यादवले समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको जानकारी दिए । उनले निर्धातिर समयमा निर्वाचन सम्पन्न गर्न आयोगले आजैदेखि प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्रको छपाई कार्य थाल्ने बताए ।

उनले दोस्रो चरणको लागि समेत निर्वाचन अधिकृतको कार्यालय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट पारे ।

व्यवस्थापकीय र प्राविधिक दृष्टीकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचन एकैसाथ गर्न आयोग तयार छ’ उनले भने, ‘निर्वाचनका बारेमा आलोचना, प्रतिआलोचना र अनुमानको कुरा आइरहेको छ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कही कतैबाट नहोस्, निर्धारित समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...