एकसाथ २ बीमा कम्पनी शाखा विस्तार

Bima

बागलुङ । वित्तीय र सेवामूलक क्षेत्रमा लगानी गर्दै आएको आइएमई समूहले बागलुङमा आफ्ना २ बीमा कम्पनीका शाखा विस्तार गरेको छ ।

आइएमई समूहद्वारा सञ्चालित आइएमई जीवन बीमा र आइएमई निर्जीवन बीमा कम्पनी बागलुङ शाखाले बिहीबारदेखि सेवा शुभारम्भ गरेका छन् ।

दुवै शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरे । जीवन बीमाको दोस्रो र निर्जीवन बीमा कम्पनीको २२औंँ शाखा बागलुङमा स्थापना भएको हो । समितिका अध्यक्ष चापागाईंले बीमा कम्पनीले पुँजी निर्माणमा सघाउ पु¥याउने बताए ।

आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले न्यूनतम २५ हजारदेखि अधिकतम मूल्यसम्म बीमा गर्न सकिने व्यवस्था रहेको बताए ।

आइएमई निर्जीवन बीमा कम्पनीले घर, गाडी, व्यवसाय, उद्योगधन्दा लगायतका क्षेत्रमा बीमा सुविधा प्रवाह गर्ने जनाएको छ । दुवै कम्पनीले अलग–अलग स्थानमा शाखा कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...