शुक्रबार देखि छाप्ने भनिएको मतपत्र छपाई स्थगित, निर्वाचन हुने नहुने अन्यौलता बढ्दै
काठमाडौँ । बिहिबार सर्वोच्च अदालतले प्रतिनिधिसभा तथा प्रदेशसभाको मतपत्र छपाईका बारेमा अदालतले पहिले दिएको आदेशको पालना नभएको भन्दै कारण देखाउ आदेश जारी गरेपछि निर्वाचन आयोगले मतपत्रको छपाई स्थगित गरेको छ ।
शुक्रबार देखि प्रतिनिधिसभा र प्रदेशसभाका लागि एउटै मतपत्र छाप्ने तयारी गरेको थियो । तर सर्वोच्चको पछिल्लो आदेशपछि शुुक्रबारबाट हुने भनिएको छपाई रोकिएको हो ।
निर्धारित मितिमै निर्वाचन गर्नका लागि अलग–अलग मतपत्र छपाई गर्न निर्वाचन आयोगलाई अत्यन्तै कठिन हुने आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस