विर्तामोड तनावग्रस्त, र्‍यालीमा प्रहरीले चलायो गोली

Birtamode 10

विर्तामोड । बालक हत्याको विरोधमा निकालिएको र्‍यालीमा प्रहरीले व्यापक दमन गरेको छ । प्रहरीले साे र्‍यालीमा हवाई फायर गरेको छ भने गोली समेत चलाएको छ ।

बालक हत्याको विरोधमा स्थानीयले र्‍याली निकालेका थिए । सो र्‍याली विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले रोकेको थियो । स्थानीयले प्रहरीको घेरा तोड्न खोजेपछि केही बेर झडपसमेत भएको स्थानीयले बताएका छन् ।

शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी र अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न सुरु गरेको थियो ।

अहिले विर्तामोडको अवस्था तनावग्रस्त छ । प्रहरीसँगको झडपमा ८ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीले दर्जनौं राउण्ड फायर गरेकाले धेरै घाइते भएको हुनसक्ने बताइएको छ ।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...