उदाउदो सूर्यलाई अर्घ दिदै छठको समापन

Chhathsakiyo

विराटनगर । पूर्व क्षितिजमा पूर्ण लालिमा छर्दै उदाइरहेको सूर्यलाई शुक्रबनर बिहान अर्घय दिएपछि महापर्व छठको समापन भएको छ ।

सूर्योदयको प्रतिक्षासहित व्रचातालुहरु झिसमिसे बिहानदेखि हातमा धुप लिएर खोला, नदी एवं पोखरी किनारमा उभेका थिए । हिजो साँझ ब्रतालुले अस्ताइरहेको सूर्यलाई अर्घय दिएका थिए ।

अन्तिम अर्घयपछि बिहान छठको लोककथाको वाचन भयो । त्यसपछि छठको लोक गीत गाउँदै महिला ब्रतालुहरुले दीर्घायूको कामनाकासाथ एक अर्काको निधारमा लामो रातो टिका लगाए । छठको पवित्र प्रसाद मानिने गेडागुडी, ठेकुवा, भुसुवा र केरा खाएर व्रतालुले ३६ घण्टे उपवास तोडे ।

घर फर्कने बेलामा बिहान घाटमा व्रतालुसहित परिवारजनले प्रसाद वितरण गरे । कतिपय आगन्तुक एवं दर्शनार्थीले छठ माताप्रति आदर प्रकट गर्दै प्रसादलाई भूइमा झर्न नदिने सफा रुमाल र आँचलमा प्रसाद थापिरहेका थिए । यसपछि पनि धेरै दिनसम्म घरमा समेत प्रसाद वितरणको क्रम चलिरहने छ ।

तराई–मधेसलगायत मुुलुकभरको जलाशय किनारमा साँझ बिहान मेलाकोजस्तै माहोल रह्यो । कोही साँझदेखि घाटमै बसे । कोही एकाबिहान सम्पूर्ण पुजन सामग्रीसहित पुगे ।

मधेस भेकमा छठपछि मात्र दिपावलीको समापन हुनेहुनाले रातभर सबैतिर झिलिमिली थियो । घाटघाटमा साँझ बिहानसम्म साँस्कृतिक कार्यक्रम चलिरहेको हुनाले लगभग पुरा तराई–मधेसमा जाग्राम बसेजस्तो देखियो ।

ब्रतालुले मंगलबार बिहान नुहाएर खाई सूर्यको विभिन्न रुपको उपासना गर्दै चार दिनसम्म मनाइने यो पर्व सुरु गरेका थिए ।

बुधबार साँझ घरमै खिरपुरी र केरासहित सूर्यको देवी वा भगवती रुप छठी मैयाको मौन ब्रत गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...