तत्काल प्रदेशको राजधानी तोकिन्न : प्रधानन्त्री देउवा

देउवा भन्छन्, दिपायल बन्छ भने धनकुटा बन्दैन भन्ने कुरा हुँदैन

Dkt 10

काठमाडौं । सरकारले लामो समयसम्म पनि प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन । खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको अस्थायी राजधानीतोक्न सकेको छैन । सरकारले अस्थायी राजधानी नतोक्दा अन्योल बढेको छ ।

जनतामा अन्योल बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको राजधानी तोक्न नसकिने बताएका छन् । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग देउवाले निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने बताएका छन् ।

प्रधानमन्त्री देउवाले विभिन्न परिस्थितीका कारण निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने जानकारी गराएका हुन् । देउवाले भने, ‘निर्वाचनअघि प्रदेशको अस्थायी राजधानी तोक्ने अवस्था छैन ।’

प्रधानमन्त्री देउवाले धनकुटालाई प्रदेशको राजधानी बनाउन आफु सकारात्मक रहेको बताए । ‘म धनकुटाको बारे पूर्णरुपमा जानकार छु’ देउवाले भने, ‘दिपायल प्रदेशको राजधानी बन्न सक्छ भने धनकुटा नबन्ने कुरै आउँदैन ।’

सो भेटमा उद्योगमन्त्री सुनिलबहादुर थापाले धनकुटा ऐतिहासिक स्थान भएकोले प्रदेशको राजधानी बनाउन माग गरेका थिए । मन्त्री थापाले धनकुटा राणा कालदेखि कै प्रशासनिक केन्द्र भएकाले धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्नेमा जोड दिए ।

‘धनकुटा ऐतिहासिक पहिचान बोकेको र राणाकालदेखि नै राजधानी प्रशासनिक केन्द्र भएकाले धनकुटा प्रदेशको राजधानी बनाउँदा सरकारलाई आर्थिक भार पनि कम हुन्छ’ मन्त्री थापाले भने, ‘सरकारी कार्यालयहरु पनि यहि छन्, भौगोलिक रुपमा पनि मध्य भागका सबै पहाडी जिल्लासँग सडक सञ्जाल जोडिएकाले पनि धनकुटा जस्तो अन्य जिल्लामा राजधानी बनाउन उपयुक्त छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उद्योग मन्त्री सुनीलबहादुर थापा, निवर्तमान सांसद उदय नेपाली श्रेष्ठ, मनोहरनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाललगायत नेपाली कांग्रेसका नेताहरु अजितनारायण सिंह थापा, हरी अधिकारी, विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, महासंघ कै धनकुटा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायत सहभागी थिए ।

झण्डै दुईसातादेखि धनकुटामा प्रदेशको राजधानी माग गर्दै आन्दोलन जारी छ । धनकुटामा आन्दोलन जारी रहेकै बेला धनकुटाका सबै राजनीतिक पार्टी र नागरिक समाजका प्रतिनिधि काठमाडौं आएका छन् ।

धनकुटाबाट उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेको नेतृत्वमा आएको सो प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ भने सबै राजनीितक पार्टीका शीर्ष नेता, राष्ट्रपति, सरोकारवाला मन्त्री र अन्य निकायसँग पनि भेट गरी धनकुटालाई प्रदेशको राजधानी बनाउन दवाव दिइने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...