आफ्नै मामाले भान्जीको खुकुरी हानेर हत्या

Khukuri htya

पाँचथर । केरावारी गाउँपालिकामा आफ्नै मामाले भान्जीको हत्या गरेका छन् । गाउँपालिकाको वडा नं. ७ मा पाँचथर लिम्बा बस्ने ३४ बर्षीय भत्तशेर लिम्बुले दिदी घरमा आएको बेला बुधवार दिउँसो कोठामा थुनी खुकुरीले काटेर ११ बर्षीय सचिता लिम्बुको हत्या गरेका हुन् ।

प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाए अनुसार खाना खाएर मामा भान्जी कोठामा पसेको र भान्जीले चिच्याएपछि घर परिवारले प्रहरीलाई खबर गरेका थिए ।

ढोका नखोली ढुंगा मुढा हान्न थालेपछि सशस्त्र प्रहरीको टोलीले ढोका फुटाएर हेर्दा बालिका घाइते अवस्थामा रहेको र उनको उपचारको क्रममा मृत्यु भएको इप्रका बेलबारीका प्रमुख रामजी कटुवालले जानकारी दिए ।

लिम्बुले प्रहरीमाथि पनि आक्रमण गरेका थिए । आक्रमणमा परि प्रमुख कटुवाल पनि घाईते भएका छन् । उनको कोसी अचल अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तिहारमा टिका लगाउन दिदीको घरमा आएका लिम्बुले दिदी भिनाजुसँग बिबाद हुँदा भान्जीको हत्या गरेको प्रहरीको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...