कारागारमा ४२ जना मानसिक रोगी

Jailed fraud

मोरङ । मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ ।

कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत ५ वर्षको अवधिमा मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये ३ महिला छन् । कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ ।

कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेसज्ञ डा. रोशन पोखरेलले भने, ‘कारागारका मानसिक रोगी उपचारका लागि यहाँ आउन त आइरहन्छन् तर संख्या यति हो भन्ने यकिन छैन ।’

ती मानसिक रोगीमा झोक्र्याउने, त्रसिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उनले बताए । ४ सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा । अहिले ७ सय ५५ कैदीबन्दी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...