हेलिकप्टर मार्फत मंन्थली पुगी आजै फिर्ता लिए ३ बागी नेताले उम्मेदवारी
काठमाडौँ । बाम गठबन्धाविरुद्ध प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदका लागि बागी उम्मेदवारी लिएका माओवादी नेताहरु उम्मेदवारी फिर्ता लिन काठमाडौँ बाट मन्थिली पुगेका छन् ।
मंगलबार पार्टीका उच्चतहका नेताहरुसंग वार्ताको लागि काठमाडौँ गएका प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ, प्रदसेशसभाका लागि क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवार हेमन्त पौडेल र २ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका मैन कुमार मोक्तान ‘मदन’ लाई लिएर बिनाविभागिय राज्यमन्त्री तथा बाम गठबन्धनका उम्मेदवार श्याम कुमार श्रेष्ठ हेलिकप्टर लिएर मन्थली पुगेका उनीहरु तिनै जनाले उम्मेलवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलका अनुसार प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गुरुङ र राप्रपा प्रजातान्त्रिक बाट उम्मेदवारी दर्ता गराएका लाल बहादुर घिसिङले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रदेशसभा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार बनेका पौडेल र राप्रपा प्रजातान्त्रिकका दिप बहादुर प्रदेशसभा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी बनेका मोक्तान, पेम्बादोर्जे तमाङ र राजकुमार लामाले समेत उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरु तिनै जना मनोनयन फिर्ता लिएर हेलिकप्टर मार्फत काठमाडौँ फर्किसकेका छन् ।
प्रतिकृया दिनुहोस