३ वर्ष बित्दा पनि मिर्गौला प्रत्यारोपण हुनसकेन

चितवन । चितवनका एक व्यक्तिले आर्थिक अभावका कारण ३ वर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गराउन सकेका छैनन् ।

भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत उनले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताएका छन् । रोगको पहिचान र डाईलाइसिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको बताइएको छ ।

भरतपुर महानगरपालिका ११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको दुवै मिर्गौलाले कामगर्न छाडेको तीन वर्ष भइसक्यो । उहाँले अझै मिर्गौला प्रत्यारोपण गराउन सकेको छैनन् ।

‘तीन वर्षदेखि मिर्गौलाको डाइलाइसिस गर्दै आएको छु, मनबहादुरले भन्नुभयो, मिर्गौला प्रत्यारोपण गर्न पैसा छैन ।’ उनलाई सुगर र प्रेसरको समेत रोग छ ।

पैसा नभएपछि उनले सहयोगको याचना गरेका छन् । शुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गरेका उनले काठमाडौँको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गरे ।

पछि राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौँमा उपचारको क्रममा डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि मनबहादुरलाई पीडा थपियो ।

सरकारले मिर्गौलाको डाइलाइसिस निःशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलाइसिस गर्नलाग्ने औषधि खर्च जोहो गर्न धौधौ भएको उनी बताउछन् ।

६ जनाको परिवार रहेको उनलाई अहिले दैनिक गुजारा चलाउन पनि मुस्किल छ । श्रीमानको उपचार गर्नको लागि भएको सातधुर जग्गा पनि बिक्री गर्नुपरेको र उपचारको लागि करिब ३० लाख लाग्ने गंगामायाले बताए ।

ऐलानी जमिनमा सानो घरमा बस्दै आएको छ, गुरुङ परिवार । आफूले एउटा मिर्गौला दिन चाहेपनि पैसा नभएर प्रत्यारोपण हुन नसकेको उनको दुखेसो छ । मनबहादुर यसअघि भृकुटी कागज कारखाना, गैँडाकोटमा जागिरे थिए । सो कारखाना बन्द भएकाले रोजगारी पनि गुम्यो ।

उनले पाउनुपर्ने करिब ५ लाख छ । त्यो पैसा आए पनि उपचारमा सहयोग पुग्ने उनको परिवारका सदस्य बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...