साना हतियारको जगजगी : रिभल्वर काठमाडौँमा सजिलै पाइन्छ

Gune 8

काठमाडौँ । २ साता अवधिमा उपत्यकामा भएका ४ घटना नियाल्दा साना हातहतियारको उपलब्धता काठमाडौँमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ ।

प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटना मात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४ ७५ का ३ महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद अधिकांश हतियारमा पेस्तोल र रिभल्वर छन् ।

फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौँमा यसको उपलब्धता सहज बन्दै गरेको खुलाउँछ । ५ कात्तिकमा काठमाडौँ नब्युभिँmदै प्रहरीको निद्रा खराब भयो ।

रानीबारी निवासी कल्याण गुरुङमाथि लैनचौरमा करिब पौने ४ बजे गोली प्रहार भयो । ठमेलको सीएनआई क्लबबाट स्कुटीमा निस्केका गुरुङको घुँडामुनि गोली लागेको थियो । प्रहरी अनुसन्धानबाट थाहा भयो, गोलीकाण्डको निहुँ थियो दुई युवती ।

सीएनआई क्लबबाट २ युवतीसहित कारमा निस्केका एक युवकलाई गुरुङसहितको तीनवटा स्कुटीमा सवार ६ युवाले पछ्याएपछि उक्त घटना भएको थियो । गाडीमा सवार सबिना क्षत्रीले आफूलाई केटाहरूले पछ्याएको बताएपछि गाडी चालकले गुरुङमाथि गोली प्रहार गरेका थिए ।

त्यसै दिन प्रहरीले कालीमाटीबाट एक थान रिभल्वर र त्यसको गोलीसहित ४ जनालाई पक्राउ गरेको थियो । केही हजार मूल्यमा पाइने होममेड कटुवादेखि आधा लाखसम्म पर्ने रिभल्वर काठमाडौँमा सजिलै पाइन्छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...