ढुंगेललाई काराकार चलान नगरेकोमा प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा
काठमाडौं । अदालतको अवहेलना गरेको आोपमा प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।
सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई गिरफतार गरी काराकार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएकोविरुद्ध अवहेलनामा निवेदन दर्ता भएको छ ।
एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा निवेदन दर्ता गरिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते ७ दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको थियो । तर, आदेश कार्यान्वयन नभएको भन्दै त्रिपाठीले अदालतको अवहेलनाको निवेदन आज दर्ता गरेका हुन् ।
निवेदनमा नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल उपस्थिति गराई अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार जरिवानाको सजाय गर्न माग गरिएको छ । ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्च स्तरीय टास्कफोर्स’ को गठन गर्न आदेशको माग गरिएको छ ।
सर्वोच्च अदालतले आफ्नो वा आफ्नो मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानूनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस