राष्ट्रपतिसँग राजदूत पटेलको शिष्टाचार भेट  

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नदिर पटेलले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न शिष्टाचार भेट गरे ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र क्यानाडाबीचको सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस