सरकारले निर्वाचन टार्न खोजेको भन्दै माओवादीले सरकार छाडेन
काठमाडौँ । माओवादी केन्द्रले भर्खरै पत्रकार सम्मेलन गरी तत्कालका लागि सरकारमा नै रहने जानकारी दिएको छ ।
आफूहरुलाई सरकारबाट हटाएर चुनाव नगर्ने षड्यन्त्र भएको भन्दै सरकारबाट नहट्ने निर्णय भएको गृहमन्त्री जर्नादन शर्माले जानकारी दिएका छन् ।
चुनाव गराउनकै लागि पनि सरकारबाट हट्नुु घातक हुने भएकोले माओवादीले गरेको निर्णयलाई सच्याउँदै आफूहरु सरकारमै बस्ने निर्णय गरेको हो ।
मन्त्री शर्माले भने, बरु हामी विना विभागीय मन्त्री भएर बस्न तयार र्छौं तर निर्वाचनलाई अनिश्तिच बनाएर सरकार छाडदैनौं ।
प्रतिकृया दिनुहोस