मुस्ताङमा आन्तरिक पर्यटक भरिभराउ

Mus

म्याग्दी । बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् ।

बडादशैँ बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन् ।

दशैँ को टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बेनीस्थित होटल शिखरका सञ्चालक सुजन बरुवालले बताए ।

दशैँ बिदामा मुस्ताङ भम्रण गर्नेले बास बस्न बेनीका होटलमा अग्रिम बुकिङसमेत गर्न थालेका छन् ।

पर्यटकको चाप बढेपछि बेनीका ठूला तथा साना होटल पाहुनाले दैनिकजसो भरिभराउ हुन थालेका हुन् ।

मुस्ताङको प्रसिद्ध मुक्तिनाथ, लोमानथाङ लगायतका ठाउँको भम्रणका लागि नेपालका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा मोटरसाइकल र अन्य सवारीसाधनमार्फत आन्तरिक पर्यटक भित्रिरहेको दानाका होटल व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिएका छन् ।

निजी तथा सार्वजनिक सवारीसाधन हुँदै पर्यटक भित्रने क्रम बढेपछि बेनीसँगै बेनी–जोमसोम क्षेत्रका होटल व्यावसायी उत्साहित छन् ।

निजी सवारीसाधनमा आएका पर्यटकले मुस्ताङसँगै सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको धार्मिक एवं पर्यटकीयस्थल गलेश्वर, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छीलगायतका पर्यटकीयस्थलको समेत अवलोकन गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...