भक्तपुरमा धिमे बाजा प्रतियोगिता हुने

Dhime baja

भक्तपुर । भक्तपुरमा दोस्रो उपत्यका व्यापी खुल्ला धिमे बाजा प्रतियोगिता हुने भएको छ । मानन्धर व्यायाम मन्दिरको २५ औं बसन्त पार गरेको अवसर असोज १९ गते सो प्रतियोगिता हुने भएको हो ।

रफत सञ्चार क्बलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले संस्थाले बिगतमा पनि कला संस्कृतिको जर्गेना गर्न बिभिन्न खालका कार्यक्रम गर्दै आएकोमा भक्तपुरको कला बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले उपत्यका व्यापी खुल्ला दोस्रो धिमे प्रतियोगिता गर्न लागेको बताए ।

सो प्रतियोगितामा ४० टोलीको सहभागिता रहने छ । कार्यक्रम संयोजक किशोर मानन्धरले प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र चौथो हुनेलाई धिमेका साम्रगीका साथै शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।

सो प्रतियोगीतामा २ लाख ५८ हजार खर्च हुने आयोजकले जनाएको छ । सहभागी रहेका धिमे बाजका प्रतिस्पर्धीहरुलाई धिमेका पाँच बिद्याबाट निर्णय गरेर क्रमशः बिजय घोषित गर्ने पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...