केही महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याइने

Mantri yadav88

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सुरुङ निर्माणमा तीन समूहमा काम भइरहेकाले अब केही महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याइने विश्वास दिलाएका छन् ।

उनले अब एक हजार ६०० मिटर मात्रै सुरुङ खन्न बाँकी रहेको जानकारी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले किसुनजीले देखेको मेलम्चीको पानी राजधानी ल्याउने सपना विपनाको नजिक पुगेको बताए ।

यसअघि सरकारले तीन पटक सार्दै आएको मितिअनुसार २०७४ सालको बडा दशैँमा पानी आउने उल्लेख थियो ।

उनले मेलम्चीका विषयमा विगतमा जे हल्ला र भ्रम थियो, अब त्यो हटेको बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रिय गौरवको मेलम्ची आयोजनाका लागि बजेट अभाव हुन नदिने बताएका छन् ।

मुलुकमै ठूलो आयोजना भएकाले पानी आउन १५ दिन वा एक महिना ढिला भए पनि आपत्ति मान्न नहुने उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...