महिलाको लागि अंश र वंशको अधिकार स्थापित : मन्त्री कोइराला

तनहुँ । महिला तथा बालबालिकामन्त्री आशा कोइरालाले महिलाको लागि अंश र वंशको अधिकार स्थापित भइसकेकाले कार्यान्वयनतर्फ प्रक्रिया अघि बढाइएको बताएकी छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका–६ स्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा आज यहाँ आयोजित एकताको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री कोइरालाले स्थानीय तहमा महिलाको सहभागिता सुनिश्चित भइसकेको बताइन ।
'अब महिला सशक्तरुपमा अघि बढ्न आवश्यक छ । महिला अझै पनि सुरक्षित छैनन्, हिंसात्मक गतिविधिमा कमी आउन सकेको छैन, देशभरका स्थानीय तहमा तत्काल उद्धार समिति गठन गर्न लागेका छौँ,' उनले भनिन् ।
महिलाको लागि आत्मनिर्भर बनाउन स्वरोजगारमूलक कार्यक्रम ल्याउन लागिएको उहाँको भनाइ थियो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष सुनिता पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता मोहनहरि पौडेल, गीता शाहीलगायतले महिलाको हक अधिकारका बारेमा आ आफ्ना धारण राखेका थिए ।
सम्बन्धित समाचार
माझी समुदायले मनाए लदी पुजा, चौविसे गाउँपालिकाले दियो २ वडामा सार्वजनिक विदा
धनकुटा । माझी समुदायले लदी पुजा मनाएका छन् । तमोर नदी किनार आसपास बसोबास गर्ने माझी समुदायले प्रत...
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्व...
जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती
दोधारा चाँदनी (कञ्चनपुर) । पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालि...
आज वसन्त श्रवण र सरस्वती पूजा, उच्च पदस्थलाई नै कि वसन्त श्रवण ?
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देव...
आज तमु-ल्होछार पर्व, देशैभरि सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर...
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
फिक्कल (इलाम) । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ ...
धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...
प्रतिकृया दिनुहोस