वाग्मती सफाइमा विमान परिचारिका
काठमाडौँ । वाग्मती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ । सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो ।
कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।
सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए । विमान परिचारिकाहरुलाई सामाजिक कर्तव्य र उत्तरदायित्वका बारेमा जानकारी हासिल होस् भन्ने उद्देश्यले तिनलाई कार्यक्रममा सहभागी गराइएको हो । आगामी असोज २ गते मिस एयर होस्टेज, २०१७ को अन्तिम प्रतियोगिता हुनेछ ।
विभिन्न तालीम सेन्टरमा एयरहोस्टेजसम्बन्धी तालीम लिइरहेका र लिइसकेका युवतीलाई ध्यानमा राखी उनीहरुको विमान परिचारिका बन्ने सपना पूरा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सञ्चालक प्रदीपराज वन्तले बताए । यो मिस एयरहोस्टेजको चौथो संस्करण हो ।
प्रतिकृया दिनुहोस