उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु
याङ्गुन । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ ।
म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो जानकारी दिएको समाचारमा जनाइएको छ । करिब एक सयको सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीहरुले हातहतियारसहित सो आक्रमण गरेका छन ।
माउङ्गताउ राज्यमा गत आइतबारबाट सोमबारसम्म सात वटा गाउँ र एउटा प्रहरी जाँच चौकीमा आगजनी गरिएको सरकारी स्रोतले जानकारी दिएको छ ।
सरकारी वकिलको कार्यालका अधिकारीकाअनुुसार गत शुक्रबारबाट आतङ्ककारीहरुले समेत सहभागितामा भएका विभिन्न आक्रममणमा परी ११० व्यक्तिको मृत्यु भएको छ ।
सो क्षेत्रमा अहिले पनि अवस्था निकै अशान्त रहेको पाइएको छ । प्रहरीले उक्त क्षेत्रमा निकै ठूलो संख्याका सुरक्षाकर्मी खटाइएको जनाएको छ ।
सम्बन्धित समाचार
कीभस्थित अमेरिकी दुताबास अस्थायी रुपमा बन्द
काठमाडौँ । अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दुताबास अस्थायी रुपमा बन्द गरेको छ । बिबिसीका अनुस...
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनितिमा बाइडेन, २७५ मिलियनको हतियार दिदै
काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तिमा २७५ मिलियन डलर भन्दा बढी मूल्यका...
चीनमा भीडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु, ४३ घाइते
काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका...
अमेरिकाको ४७ औं राष्ट्रपतिमा दोस्रोपटक डोनाल्ड ट्रम्प निर्वाचित, ‘स्विङ स्टेट्स’ मा क्लिन स्वीप
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । ...
ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बन्ने पक्कापक्की, आगामी कार्यकाल ‘स्वर्ण युग’ हुने दाबी
काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्...
अमेरिकी राष्ट्रपति निर्वाचन : दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित
काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस