बार्सिलोना आक्रमणका मुख्य योजनाकारको प्रहरी कारबाहीमा मृत्यु
बार्सिलोना। स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको बताएको छ ।
गत बिहीवार लस ¥याम्ब्लसमा मानिसहरुमाथि भ्यान जोताउने उनी नै भएको स्पेनको प्रहरीको विश्वास छ ।
उक्त आक्रमणमा १३ जनाको ज्यान गएको थियो भने १०० जनाभन्दा बढी घाइते भएका थिए ।
बार्सिलोनादेखि ४० किलोमिटर पश्चिममा एउटा फोहोर प्रशोधन केन्द्र नजिक गोप्य सूचनापछि उनलाई गोली हानिएको प्रहरीले जनाएको छ ।
नक्कली विस्फोटक ‘बेल्ट’ लगाएका अबुयाकुब अरेबिकमा ’ईश्वर महान् हन्’ भन्दै चिच्याएका थिए ।
सुबीराट्स क्षेत्रलाई घेराउ गरी सुरक्षाकर्मीले संदिग्धको व्यापक खोजी गरिरहेको थियो ।
प्रतिकृया दिनुहोस