संसद भवन सेनाको नियन्त्रणमा,सभामुखविरुद्धको अविश्वास प्रस्ताव ल्याउन रोक

एजेन्सी । माल्दिभ्सको संसद भवनलाई सेनाले नियन्त्रणमा लिएको छ । सभामुखविरुद्धको अविश्वासको प्रस्ताव रोक्नको लागि सरकारले सेना प्रयोग गरेको आरोप विपक्षी सांसदहरुले लगाएका छन् ।

माल्दिभ्सका राष्ट्रपति यामिनलाई प्रजातान्त्रिक अभ्यासलाई लत्याएको आरोप लाग्दै आएको छ । दक्षिण एसियाली टापु राष्ट्र माल्दिभ्स सन् २००८ मा मात्रै बहुपार्टी प्रजातान्त्रिक पद्धतिमा प्रवेश गरेको थियो ।

माल्दिभ्सको विपक्षी पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीका सांसद इम्तियास फायमीले ट्वीटरमा भिडियो पोष्ट गर्दै सादा पोशाकमा आएका सेनाले सांसदहरुलाई संसदमा प्रवेश नदिएको लेखेका छन् ।

सोही पार्टीकी अर्की सांसद इभा अब्दुल्लाहले भने सेनाले सांसदहरुलाई प्रवेश दिएको तर सभामुख अब्दुल्लाह मसिइ मोहमेदलाई भने सेनाले आफ्नो घेराभित्र पहरा दिइराखेको बताएकी छिन् ।

राष्ट्रपति अब्दुल्लाह यामीनको नजिकको पात्र मानिएका मोहमेदले संसदको कारबाही सुरु भएको घोषणा लगत्तै विपक्षी सांसदले केही बोल्नु अघि नै अन्त्य भएको घोषणा गरेको उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...