उत्तर कोरियासँग शान्तिपूर्ण निकासको सम्भावना छः अमेरिकी सैनिक जनरल
चीन । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।
अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले भने, “अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने ‘विश्वसनीय तथा ब्यवहारिक सैन्य विकल्प’ रहेको छ ।” अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना नभएको चीन भ्रमणमा रहेका डनफोर्डले सञ्चारकर्मीलाई बताए ।
अमेरिकाको दक्षिण कोरियासँग भएको संयुक्त सैन्य अभ्यासले चीन तथा उत्तर कोरिया दुवैलाई चिढाएको छ ।
डनफोर्डले चीन भ्रमणको अन्तिम दिन सञ्चारकर्मीसँगको भेटमा यस्तो प्रतिक्रिया दिएका हुन । उनले बुधबार चिनियाँ सिमाक्षेत्रमा रहेको सैनिक क्षेत्रको भ्रमण गरेका थिए ।
मेरा लागि सैन्य विकल्प हुने कुरा अकल्पनीय छ जस्तो लाग्दैन, उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँगको भेटपूर्व भएको पत्रकारसँगको कुराकानीमा भने ।
“उत्तर कोरियाली नेता किम जोङ उनलाई ब्यालिस्टक क्षेप्यास्त्र विकास गर्न दिने कुरा कल्पना बाहिरको कुरा हो जसले अमेरिका तथा यस क्षेत्रको सुरक्षामा चुनौति खडा गरिरहनेछ,” उनले भने । तर समस्याको शान्तिपूर्ण समाधान सबैको हितमा हुनेछ ।
अमेरिकी सुरक्षा अधिकारीले भने, “मलाई विश्वास छ अगाडि लामो बाटो छ र हामी सम्भावनाको खोजीमा छौँ । मलाई लाग्छ समस्याको समाधान शान्तिपूर्ण रूपमा निस्कनेछ ।
सोलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले बिहीबार कोरियाली प्रायद्वीपमा युद्ध नहुने बताएका छन । गत हप्ता दक्षिण कोरियाको भ्रमण गरेकाका जनरल डनफोर्ड बिहीबार नै जापान जाँदै छन । जापानमा पनि उनले प्योङयाङका कारण बढेको सुरक्षा चुनौतिका बिषयमा छलफल गर्नेछ ।
प्रतिकृया दिनुहोस