भारत र चिनियाँ सेनाबीच सामान्य झडप  

India chinaarmy

भारत । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ ।

उक्त उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको खुल्न आएको एकजना भारतीय रक्षा अधिकारीले जनाएका छन् । तर सो झडप सामान्य भएको र छोटो समयमा नै नियन्त्रणमा आएको पनि ती अधिकारीले जानकारी गराए ।

ती अधिरकारीका अनुसार चिनियाँ सेनाले उक्त उच्च हिमाली क्षेत्रमा गस्तीमा रहेका भारतीय सीमा क्षेत्रतर्फका भारतीय सेनामाथि ढुङ्गा प्रहार गरेका थिए ।

पेङ्गोङ् ताल नजिकै रहेका भनिएका भारतीय सैनिकतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले ढुङ्गा प्रहार गरेको ती अधिकारीले जनाएका छन् ।

उक्त सीमा क्षेत्रमा रहेको हिमालय क्षेत्र लादाख, पर्यटकीय आकर्षक मानिएको छ । सोही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल रहेको छ ।

उक्त भारतीय बलतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले केही समय सम्म ढुङ्गा प्रहार गरेको र भारतीय सीमा क्षेत्रतर्फ प्रवेश गर्ने प्रयास पनि गरेको आरोप ती भारतीय अधिकारीले लगाएका छन् ।

यस घटनापछि भारतीय र चिनियाँ सेना पनि आ आफ्नो ‘ड्युटी’ मा खटिसकेका छन् । उक्त विवादास्पद क्षेत्रमा २ देशका सेनाको उपस्थितिले केही समय यतादेखि विवाद उत्पन्न हुदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...