पोर्चुगलमा २०० वर्ष पुरानो रुख ढल्दका १३ जनाको मृत्यु, ४९ घाइते

Treee

साउन । पोर्चुगलको मडेइरामा रुख ढलेर च्याप्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य ४९ जना घाइते भएका छन् । मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढलेको हो । ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

घाइते हुनेमा केही विदेशी नागरिक पनि रहेको उल्लेख गरिएको छ । फुन्चलमा रहेको दुई सय वर्ष पुरानो ओक्सको रुख लडेको हो । घटनापछि मडेइरा आइल्याण्डको स्थानीय सरकारले तीन दिने शोकको घोषणा गरेको छ । यस्तै पोर्चुगलका राष्ट्रपति मार्सेलो रिकेलो डि साउसाले घटनाबाट आफू तथा सबै पोर्चुगिज नागरिक दुःखी भएको बताएका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...