मानव बेचबिखनका आरोपी पक्राउ

Manab taskari 1

नुवाकोट । मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । 

नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान संलग्न रहेको अभियोग लागेका २४ वर्षीय तामाङलाई नुवाकोट प्रहरीले झापाबाट पक्राउ गरेको हो । 

‘राम्रो काम’ लगाइदिने भन्दै एक महिलालाई भारत लैजान लागेको समयमा उद्धारपछि पीडितले दिएको किटानी जाहेरीका आधारमा संलग्न पाइएपछि तामाङलाई पक्राउ गरी सोमबार जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । 

दुप्चेश्वर गाउँपालिका–१ साविक घ्याङ्फेदी गाविस–७ का तामाङसहितका आठजनाले गएको असारमा नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि उनीहरुले थप अर्कीे एक महिलालाई समेत भारत लैजाँदै गरेको समयमा साउन १० गते प्रहरीले उद्धार गर्दै संलग्न चारजनालाई त्यही समयमा रंगेहात पक्राउ गरेको थियो । 

फरार रहेका चारमध्ये तामाङलाई झापाबाट पक्राउ गरिएको र बाँकीको पनि खोजी जारी रहेको प्रनाउ कँडेलले जानकारी दिनए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...