अफगानिस्तानको मस्जिदमा गरिएको हमला प्रति राष्ट्रसंघद्धारा कडा शब्दमा निन्दा

Afganistan 1493547568

संयुक्त राष्ट्रसंघ, । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गरेको समाचार छ ।

सो हमलामा परी मङ्गलबार नै घटनास्थलमा १५ जनाको ज्यान गएको थियो । त्यस्तै प्राप्त अर्को एक समाचारमा बुधबार बिहानसम्म मारिएका व्यक्तिको सङ्ख्या २९ पुगेको जनाइएको छ ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा सो आक्रमण अत्यन्तै निन्दनीय रहेको र यस्तो घातक हमलामा सक्रिया हुनेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा महासचिवले जोड दिएको छ ।

‘प्रार्थना गर्न बसेका सर्वसाधारण व्यक्तिलाई यसरी बम हमला गरेर ज्यान लिनु नागरिकको आधारभूत मानअधिकारको गम्भीर हनन् मात्र नभएर मानवताविरुद्धको अपराध हो– सो विज्ञप्तिमा भनिएको छ ।

यस हमलाले नागरिकको बाँच्न पाउने र आफ्नो परम्परा, धर्म र संस्कार अवलम्बन गर्न पाउने अधिकारमाथि हिंसात्मक रुपमा धावा बोलेको कुरा उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इराकी राजदूतावासमा भएको हमलाको एकदिन पछि यो हिंसात्मक आक्रमण गरी २९ जनाको ज्यान लिइएको छ ।

उक्त दूताबासमा भएको हमलामा परी दुई जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो । दूताबासका अरु केही कर्मचारी घाइते भएका छन ।

हेरात नगरको एक मस्जिदमा भएको सो हमलामा परी केही बालबालिका पनि मारिएका छन । त्यस्तै महिला र बृद्धबृद्धाहरका शव पनि घटनास्थल परिपरि छरपस्ट अवस्थामा रहेका टेलिभिजनहरुले देखाएका थिए ।

सो हमलामा परी अरु कम्तीमा पनि ६० जना सर्वसाधारण घाइते भएका छन । घाइतेमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

सो हमलामा २ आत्मघाती हमलाकारीको हात रहेको छ । हमलाकारीमध्येका एकजनाको आफैले विस्फोट गराएको बमबाट ज्यान गएको छ भने अर्का एकलाई प्रहरीले गोली हानी मारेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...