महिलालाई पछि पार्दै राजधानीमा बेश्या पुरुष अघिअघि

Purus baishya

काठमाडौं । साँझ परेपछि राजधानीका गल्लीगल्लीमा महिला यौनकर्मी भेटिन्छन् । अझ रत्नपार्क, गौशाला, नयाँ बसपार्क, ठमेल, कलंकी लगायतका स्थानमा त महिला यौन व्यावसायमा महिलाको संख्या अत्याधिक छ भनिन्छ ।

सबैले सुन्दै आएको र देख्दै आएको भनेको महिलाले मात्र देह व्यापार गर्छन् । तर, अहिले राजधानीमा पुरुष यौनकर्मीको संख्या ह्वात्तै बढेको छ ।

अहिले राजधानीमा सक्रिय रहेका पुरुष यौनकर्मीहरु धनाढ्य महिलालाई केन्द्रित गर्ने गर्छन् । उनीहरुले कुनै ‘मसाज सेन्टर’, क्याविन वा बेश्यालय खोलेर यौन व्यवसाय नगरी ‘कन्ट्याक्ट’मा महिलाहरूसँग यौन सम्पर्क गर्ने गरेका छन् । त्यसरी महिलासँग गौन सम्पर्क गरेवापत पुरुष यौनकर्मीहरुले निश्चित रकम लिन्छन् ।

‘सुरुमा त पुरुषले पनि यौनबापत रकम पाइन्छ भन्ने लागेकै थिएन,’ पुष्करराज (परिवर्तित नाम) ले भने, ‘रहर भन्दा पनि लहैलहैमा यता लागियो, अहिले त व्यवसाय नै भइसक्यो ।’

उनी जस्तै पुरुष यौनकर्मी राजधानीमा प्रशस्त पाइन्छ । खासगरी ती पुरुष यौनकर्मीहरु ठूला होटल र सम्पर्कका आधारमा महिलाले बोलाए स्थानसम्म पुग्ने गर्छन् ।

उनीहरुले अन्य कुनै व्यवसाय गर्दै गरेको जस्तो देखिन्छन् । पुष्करराजका अनुसार ती यौनकर्मीले एक महिलासँग यौन सम्पर्क गरेवापत ५ हजारदेखि ३५ हजार रुपैयाँसम लिने गरेका छन् । उनी आफैं पनि दैनिक ४/५ जनासँग यौन सम्पर्क राख्छन् ।

आफुँलाई साइको नाम बताउने एक पुरुष यौनकर्मीले यौन व्यवसाय गरेको पनि २ वर्ष नाघिसकेको छ । सुन्दर अनुहार भएका कारण पनि उनीसँग जो कोही महिला आकर्षित हुने गर्छन् । उनी लहैलहैमा यौनकर्मी बनेका थिए । उनी आज महिलासँग यौन सम्पर्क गर्न जाँदा कार चढेर जान्छन् । कति समय दिने हो, त्यही अनुसारको पैसा पनि लिने गरेका छन् ।

उनीहरु जस्तै सयौं पुरुष अहिले व्यावसायिक रूपमै यौन व्यवसाय गरिरहेका छन् । उनीहरुले पनि महलिाहरुले जस्तै यौन व्यवसाय गरिरहेका छन् । तर, उनीहरु अहिलेसम्म प्रहरीको आँखामा पर्ने गरेका छैनन् । किनभने उनीहरु यौनकर्मी हुन् भन्ने प्रहरीले सुइँकोसम्म पाउँदैन ।

‘कन्ट्याक्ट’ मा काम
अहिलेसम्म महिलाले मात्रै यौन व्यवसाय गर्छन् भन्ने थियो । त्यही अनुसार पुरुषहरु महिलाको खोजीमा निस्कन्थे । तर, अहिले समय परिवर्तन भएको छ । राजधानीका चोकचोकमा साँझ परेपछि मोलमोलाई भइरहेका दृष्य देखिन्थे । तर, अहिले बेश्या पुरुषको हावी हुन थालेको छ ।

महिला यौनकर्मी महिलाकै जस्तै पुरुष यौनकर्मीहरु पनि सम्पर्ककै आधारमा यौन सम्पर्कमा पुग्ने गर्छन् । उनीहरुलाई आफ्नै साथी, होटल सञ्चालक र व्यक्तिगत चिनजानका आधारमा महिलाका यौन प्यास मेटाउने गरेका छन् ।

महिलाले मात्रै होइन, अजाभोली पुरुष यौनकर्मीहरुले समेत ग्राहकको खोजी गरिरहेका हुन्छन् । राजधानीका ठूला सपिङ सेन्टर, होटल र ठूला रेष्टुरेन्टमा त्यस्ता ग्राहकको खोजी गर्ने महिलाहरू भेटिन्छन् ।

प्रायः जसो होटल सञ्चालकले नै धेरै मान्छेहरूको जमघट हुने ठाउँमा ‘एजेन्ट’हरू नै खटाएका हुन्छन् । चाहना गर्ने महिलाले ‘ह्यान्डसम’ र धेरै सेक्स गर्न सक्ने अनुमानको आधारमा ‘भिजिटिङ’ कार्ड दिएर जान्छन् । र, फोनबाट सम्पर्क हुन्छ । अनि साथीहरूकै संगतबाट पनि यौनको चाहना राख्ने महिलासँग सम्पर्क हुने गरेको छ ।

ग्राहक कस्ता हुन्छन् ?
कुनै पनि व्यापारमा ग्राहक त अवस्य पनि हुन्छन् । पुरुष यौनकर्मीका ग्राहक भनेकै पति विदेश गएका र विशेष गरी लाहुरेका पत्नी र छोरीहरू हुन् । उनीहरु त्यस्तासँग पैसा दिएर यौन सम्पर्क गराउने गरेका छन् ।

यौन व्यवसायमा संलग्न एक पुरुष यौन व्यवसायीका अनुसार पहिले यौन व्यवसाय गरेर सामान्य जीवन यापन गरिरहेका महिला पनि उनीहरुका ग्राहक हुन् । उनीहरु आफ्नो औन सन्तुष्टी मेटाउनका लागि पुरुष यौनकर्मी रोज्ने गर्छन् ।

आजभोली मानिसहरु कामका सिलशिलाले गर्दा व्यस्त रहने गर्छन् । पुरुषले मात्र काम गर्नुपर्छ भन्ने मान्यता रहेका कारण अझैं पनि धनाढ्य परिवारमा महिला कामका लागि बाहिर निस्किदैनन् । पुरुष कामले थाकेर आउने र यौनप्रति अनिच्छुक देखिदाँ पनि धनाढ्य महिलाहरु पुरुष यौनकर्मीको सम्पर्कमा पुग्ने गर्छन् । उनीहरु पुरुष यौनकर्मीसँगको सम्पर्कबाट आफ्नो तृष्णा मेट्ने गरेको उनीहरू बताउँछन् ।

जागिरे श्रीमान्का श्रीमतीहरू भने घरभन्दा बाहिर जान चाहँदैनन् । बाहिर गए पनि राजधानीकै कुनै होटललाई ‘सेक्स स्पट’ बनाउँछन् । छिटोभन्दा छिटो ‘धन्दा’ सकेर श्रीमान् खुसी पार्ने चाहना श्रीमानद्वारा यौन कुण्ठित गृहिणीको हुने गरेको छ ।

प्रहरीमा पर्दैन उजुरी
महिला यौनकर्मीलाई पक्राउ गर्नु प्रहरीको खेती नै हो । चल्तीका प्रहरी बृत्तहरुमा प्रहरी प्रमुख परिवर्तन भए लगत्तै पहिलो आँखा नै यौनकर्मीमा पर्ने गर्छ । यौनकर्मीलाई टार्गेट गरेर होटल सञ्चालकबाट मोटो रकम हात पार्ने उदेश्य हुन्छ । त्यही भएर पनि प्रहरीले छापा मार्न थाल्छ । हिसाव मिलान भएपछि भने छापा मार्ने काम बन्द नै हुन्छ ।

बेलबखत महिला स्थानीयले पनि प्रहरीलाई प्रक्राउ गर्ने गरेको सुनिएको छ, देखिएको छ । तर, अहिलेसम्म पुरुष यौनकर्मीलाई प्रहरीले पक्राउ गरेको सुन्नमा आएको छैन ।

महानगरीय प्रहरी अपराध महाशाखामा प्रमुख एसएसपी दिनेश अमात्यले अहिलेसम्म पुरुष यौनकर्मी भएको सुने पनि कुनै उजुरी नपरेकाले पक्राउ नपरेको बताए । ‘सुनेकै भरमा खोज्नु पनि भएन’ उनले भने, ‘विना प्रमाण कसरी खोज्ने र ? तर, उजुरी परे वा संकेत मात्रै पाए पनि हामी पक्राउ गर्छाै ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...