धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालीम

गोरखा, । पन्ध्र महिने अमृत घलेको पखालाकै कारणले मृत्युको घटना बाहिर आए पछि धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालीमदिइएको हो ।

स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा बिरामी गई उपचार गर्दा बिरामीको ज्यान नै गएपछि धामीझाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन बुधबार तालीम दिइएको हो ।

झाडापखला फैलिएको गोरखाको बारपाकका धामीझाँक्रीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालीम दिइएको छ ।

केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा जनचेतनामूलक कार्यक्रम गरेको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार शाहले जानकारी दिए । बारपाकमा ३० जना धामीझाँक्री बसोबास गर्छन् ।

तालीममा धामी झाँक्रीकोमा ल्याउने बिरामीलाई तुरुन्तै स्वास्थ्य संस्थामा पठाउन आग्रह गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...