ट्याक्टरको ठक्करबाट तरुण दलका युवाको मृत्यु

Tractor

इटहरी, । ट्याक्टरको ठक्करबाट इटहरी–२० का तरुण दलका युवा रोशन तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिकाको मुख्य चोकदेखि १ किमी दक्षिणको धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

इटहरीबाट विराटनगरतिर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आउँदै गरेको ट्रकले सडकमा पछारिन पुगेका युवक तामाङ किचिन पुगेका थिए ।

को ६ प ९९२ नंको मोटरसाइकलमा यात्रारत युवा तामाङलाई को १ त १५८३ नंको ट्याक्टरमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अहिले बिहान ९ बजेतिर भएको उक्त घटनामा परेका युवक तामाङको टाउको क्षतविक्षत अवस्थामा रहेको छ ।

घटनास्थलमा ट्याक्टरबाहेक ना ५ ख ३४३८ नंको ट्रकसमेत सोही स्थानमा भएकाले ती दुवै सवारीसाधनको ठक्करबाट युवक तामाङको ज्यान गएको हुनसक्ने भन्दै प्रहरीले ती दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई कानुनी कार्वाहीका लागि आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...