सिटौलाको गृहनगरमा एमालेको झण्डा

Flag uml

झापा । दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा हस्ती नेताहरुका गृहनगर अर्काे पार्टीले कब्जा गर्ने निकै होडवाजी नै चल्यो । यसैक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा कांग्रेस पछारिएको छ ।

कांग्रेस नेता सिटौलाको प्रभाव क्षेत्र मानिएको भद्रपुर नगरपालिकामा एमालेले फराकिलो मतान्तर बाजी मारेको छ । सिटौलाको गृहनगरमा एमालेले कांग्रेसभन्दा ३ हजार ८ सय २७ मत ल्याएर कांग्रेसलाई जिल्ल पारेको छ ।

भद्रपुरमा एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत पाए ।

यता झापाको बिर्तामोड नगरपालिकामा एमाले जितको नजिक पुगेको छ । यहाँ डेढ सय मतगणना बाँकी हुँदा एमालेका उम्मेदवार कांग्रेस उम्मेदवार भन्दा ८ सय ३६ मतले अगाडि छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...