कोरियामा कार्यरत नेपालीको सेवा, सुविधा बढाउन आग्रह

Koriya 555

काठमाडौँ, । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्यक्त गरेका छन् । ।

मन्त्रालयमा आज भएको भेटमा नेपाली पक्षले चिकित्सक, इन्जिनियरजस्ता दक्ष जनशक्ति कोरियामा रोजगारीका लागि खुला गर्न, इपिएस प्रणालीमार्फत जाने नेपाली कामदारको दरबन्दी बढाउन, कोरियामा ‘केयर गिभर’ खुलाउन तथा महिला कामदारको माग वृद्धि गर्नेजस्ता विषयलाई प्राथमिकता दिन राजदूतसँग आग्रह गरेको थियो ।

सन् २००७ मा नेपाल र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली इपिएस सम्झौता भएपछि सो प्रणालीमार्फत हालसम्म ३५ हजार भन्दा बढी कामदार वैदेशिक रोजगारीका सिलसिलामा कोरिया गएका छन् । सन् २०१८का लागि कोरियाले थप १० हजार कामदार लैजाने घोषणा गरेको छ ।

जवाफमा राजदूत सिकले नेपालले उठाएका विषय आफूले गम्भीरतापूर्वक लिएको तथा आफ्नो सरकारसमक्ष ती विषय पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालले सफलतापूर्वक पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा कोरियाली राजदूतले खुसी व्यक्त गर्नाका साथै नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...