टीकापुरको प्रमुखमा एमाले, उपप्रमुखमा नेपाली काँग्रेस विजयी

Uml n congress

कैलाली, । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोरमका लोटन चौधरी र बीचमा अग्रता लिएका नेकपा माओवादी केन्द्र का ललितबहादुर थापालाई पछि पार्दै ५ हजार ९ सय ५९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थापाले ५ हजार ६ सय १० मत प्राप्त गरेको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताए ।

यसैगरी, उपप्रमुखमा भने नेपाली काँग्रेसकी केशरी विष्टले ६ हजार २ सय ३६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले ५ हजार ५ सय ५३ मत प्राप्त गरेकी छन् ।

यसैगरी, कैलालीको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

प्रमुखका प्रत्यासी एमालेका हरिसिंह साउदले नौ हजार ८७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वीरेन्द्र भट्टले ८ हजार ४ सय ५७ मत प्राप्त गरेको र् निर्वाचन अधिकृत मोहनप्रसाद मरासिनीले बताए ।

यसैगरी, उपप्रमुखमा एमालेकै रत्ना कडायत १० हजार २५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भगवती पाठकले भने ८ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...