संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने

Arjun na kc

काठमाडौँ, । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता केसीले सरकारले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने भएकाले सबै दल मिल्नाको विकल्प नरहेको र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

नेता केसीले पार्टीभित्रको आन्तरिक कलहका कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो हुन पुगेको विचार व्यक्त गर्दै निर्वाचनमा असहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयनमा नयाँ इँटा थपिएको बताए ।

उनले तेस्रो चरणको निर्वाचनको वातावरण बनाउनका लागि मधेस केन्द्रित दलले राखेका मागलाई मुख्य राजनीतिक दल बसेर सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले मधेसका समस्या समाधान गर्न संविधान संशोधनका लागि सत्ता पक्षसँगै प्रतिपक्षी दल पनि गम्भीर हुनुपर्ने बताए । । उनले पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा परेको स्पष्ट पारे ।

राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले राजपासँग सरकारले गरेका सम्झौता पूरा नगरे आफूहरु निर्वाचनमा नजाने अडान दोहो¥याए ।उनले भने “सरकारले आँट गरे संविधान संशोधन हुन सक्छ ।”

नेता सुमनले आफूले राखेका माग सरकारले सम्बोधन नगरे एक÷दुईदिनभित्र आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिइने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...