नेकपाका मकवानपुर इन्चार्ज ज्वालासहित ३ रिहा

Makwann pur

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’, जिल्ला समिति सदस्य सोम घलान र दिलिप आइतबार अपरान्ह हिरासत मुक्त भएका छन् ।

उनीहरुलाई असार १३ अपरान्ह २ बजे हेटौडा उपमहा नगरपालिकास्थित कमानेबाट सोम घलानको घरैबाट गिरफ्तार गरिएको थियो ।

नेताहरुलाई विनाकारण पक्राउ गरेको भन्दै नारायणी ब्युरो इन्चार्ज चिरन पुनले विज्ञप्तिमार्फत असार १६ र १७ गते मकवानपुर जिल्ला बन्द र १४, १५ गते प्रचारप्रसार तथा जनकारबाही गर्ने घोषणा गरेका थिए ।

उक्त घोषणा गरेको केही समयमै जिल्ला प्रशासनले उनीहरुलाई रिहा गर्ने सर्तमा सबै कार्यक्रम फिर्ता गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...