नेपाल कम्युनिस्ट पार्टीद्वारा मार्कनटाइल कब्जा

Jagga 1

चितवन । नेपाल कम्युनिस्ट पार्टी, चितवनले आइतबार बिहान ९ बजे खैरहनी नपास्थित साविक कुमरोज गोपाल राजभण्डारीको नाममा रहेको ८४ बिगाहा जग्गामा पार्टीको झण्डा र व्यानर गाडेर कब्जा गरेको चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

जग्गा कब्जा गर्नुका कारण के हो भनी राखिएको प्रश्नको जवाफमा जिसीले भने विगतदेखि वर्तमानसम्म निरन्तर जग्गा कब्जामा रहेको र केही भ्रष्ट र भू–माफिया र तिनका मतियारहरुले किनबेच गर्न चलखेल गरिसकेपछि यसलाई रोक्नका लागि वा यसको प्रतिकारको लागि उक्त कदम चालिइएको हो ।

यदि किनबेच गरिएमा नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै कदम चाल्न सक्न सक्ने पार्टीको चेतावनी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...