धनगढी उपमहानगरपालिकाको मतगणना रोकियो

Data dhangadi

कैलाली, कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना फेरि रोकिएको छ । शनिबार मुचुल्का र मतपेटिको शिल रुजु गरेर मात्र मतपेटिका खोल्ने सहमति भएकोमा आइतबार बिहान मुख्य निर्वाचन अधिकृतले मुचुल्का खोज्न समय लाग्ने भएकाले त्यसो गर्न नसकिने भनेपछि राजनीतिक दलका प्रतिनिधिले मतगणना बहिस्कार गरेका हुन् ।

यसअघि शनिबार १७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...