नवलपरासीको रामग्राम नगरपालिकामा कांग्रेस विजयी
नवलपरासी । नवलपरासीको परासीस्थित रामग्राम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका नरेन्द्र गुप्ता मेयरमा विजयी भएका छन् । उप–प्रमुखमा कांग्रेसकै रम्भा कुंवरले विजय हाशिल गरेकी छन् ।
गुप्ताले ५ हजार ८ सय ५६ मत प्राप्त गरि विजयी प्राप्त गर्न सफल भएकी हुन् । उनका प्रतिस्पर्धि एमालेका उमाशंकर चौधरीले ४ हजार ५ सय ३० मत प्राप्त गरेका छन् ।
त्यसैगरि उप–प्रमुखमा कांग्रेसकी रम्भाकुवरले ६ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् । उनकी प्रतिस्पर्धि एमालेकी उमादेवी यादवले ४ हजार ६० मत प्राप्त गरेकी छन् । त्यहाँ राप्रपा तेश्रो स्थानमा रहेको छ ।
प्रमुख पदमा राप्रपाका रामभवन यादवले ३ हजार ८ सय ४४ मत र उप–प्रमुखकी उम्मेदवारले २ हजार ८ सय ७८ मत प्राप्त गरेकी छन् ।
प्रतिकृया दिनुहोस