म्याङलुङ पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

Pahiro 2

तेह्रथुम ,। म्याङलुङ नगरपालिका–५ आम्दिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

घरमाथिबाट खेतमा सिँचाइका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो । घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षीया प्रिति सोदेम्बा र नाति नौ वर्षीय प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परी ३६ वर्षीय सोमकुमार सोदेम्बा, २० वर्षीय लोकप्रसाद सोदेम्बा र १५ वर्षीया प्रिया सोदेम्बा घाइते छन् ।

गम्भीर घाइते सोमकुमार र प्रियालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बिहान दुई बजे घरमाथिबाट पहिरो खसेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...