आफैंले बोकेको हतियारले आत्माहत्या

Suicide

लहान, । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफंैले बोकेको हतियारबाट आत्महत्या गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोब्रधन खत्रीले गए राति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले बताए ।

उदयुपुरको त्रियुगा नगरपालिका– ११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...