सैबिरका परिवारलाई सहयोग गर्न जुटे वेलायतमा बस्ने नेपाली
काठमाडौं । क्यान्सरबाट मृत्यु भएका सैबिर रसाइलीका परिवारलाई सहयोग गर्न वेलायतमा बस्ने दलित समुदायका व्याक्तिहरु जुट्न थालेका छन् ।
रोजगारीमा मलेसियामा गएर रसाइलीको आर्थिक अभावकै कारण उपचार हुन नसक्दा मृत्यु भएको थियो । हाल उनको परिवारको आर्थिक अवस्था पनि कमजोर भएकाले बालबच्चाको पालन पोषणमा सहयोग गर्न वेलायतमा रहेका दलित समुदायका व्यक्तित्वहरुले आर्थिक संकलन थालेका छन् ।
स्थिति कम्जोर हुदाँ उपचार गर्न नसक्दा क्यान्सर रोगकै कारण मृत्यु बाग्लुङ जिल्लाको काठेखोला गाँउपलिका –५ गहुँसरा बिहुँका रसाईलीको एक हप्ता अघि घरमा मृत्यु भएको थियो ।
मलेसियामा रहँदा रसाइलीको खुट्टामा घाउ आएको थियो । पछि त्यही घाउमा क्यान्सन भएको थियो । उनका २ छोरी र १ छोरा छन् । उनकी श्रीमति नानुमायालाई बच्चा हुर्काउन र बच्चाको शिक्षामा सहयोग पुगोस् भनेर वेलायतमा सहयोग संकलन अभियान थालिएको विश्वकर्मा हेल्पिङग ह्यान्डस अराउण्द वर्ल्डका अध्यक्ष कृष्ण गहतराजले बताए ।
वल्र्डले रसाइलीको परिवालाई आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ । हालसम्म ५० हजार भन्दा बढी संकलन भइसकेको छ ।
प्रतिकृया दिनुहोस