अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा
वासिङ्टन, । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि उनले राजीनामा दिएको सञ्चार माध्यमले जनाएका छन् ।
सञ्चार निर्देशक नियुक्त गर्ने विषयमा इस्पिसरले असहमति जनाउदा जनाउँदै पनि राष्ट्रपति ट्रम्पले एन्थोनीलाई सञ्चार निर्देशकका रुपमा नियुक्त गरेको सञ्चार माध्यमले उल्लेख गरेका छन् । इस्पिसरले एन्थोनीको मातहतमा रहेर काम गर्नुपर्ने व्यवस्था भएको थियो ।
ट्रम्पको कार्यकाल सुरु भएदेखि प्रेस सचिव रहेका बेला उनी धेरै विवादमा परेका थिए । कतिपय पत्रकार सम्मेलन अशिष्ट, अभद्र र अव्यवस्थितसमेत भएका थिए ।
नवनियुक्त सञ्चार निर्देशक स्कारमुक्की राजनीतिक तथा आर्थिक मामिलामा चर्चित व्यक्तित्व हुन । उनी धेरै बैंक तथा आर्थिक संस्थामा काम गरिसक्नु भएको छ । ५३ वर्षीय स्कारमुक्की सिएनएनमा पनि आवद्ध हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस