साउदी अरब एघार जना विदेशी कामदारको मृत्यु

रियाद । साउदी अरबको एउटा घरमा आगलागी हुँदा घरभित्रै निसास्सिएर बुधबार एघार विदेशी कामदारको मृत्यु भएको छ ।

झ्याल नभएको घर भएकाले उनीको निसास्सिर मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

अग्नी नियन्त्रकहरूले भनेका छन्, ‘बाहिरबाट हावा आवतजावत गर्नेगरी ‘भेन्टीलेटर’ नभएको पुरानो घरमा आगलागी भएकाले एघारको मृत्यु हुनुका साथै अरू छ जना घाइते भएका छन् ।’

घटनामा परी मृत्यु हुनेमा भारत र बङ्गलादेशका नागरिक रहेको नाजरान प्रदेशका नागरिक सुरक्षा अधिकारीले जानकारी दिए ।

सन् २०१५ मा सार्वजनिक गरिएको पछिल्लो आधिकारीक तथ्याङ्कअनुसार साउदी अरबमा ९० लाख विदेशी कामदारले काम गर्दछन् । तीमध्ये अधिकांश दक्षिण एसियाका रहेका छन् ।

विदेशी कामदारहरूले आफ्नो रोजगारदाताको अनुमति विना देश छोड्न नपाउने व्यवस्था साउदी अरबमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...