दाङका ब्यापारी श्रेष्ठको शव सल्यानको ज‌ंगलमा रणबहादुर घर्तीको अवस्था अझै अज्ञात

Dang business man

दाङ । अपहरणमा परेका दाङका ब्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा भेटिएको छ। सल्यानको पाथिभरा लेकमा रहेको घनघोर जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

जुँगा पालेका र कोट लगाएका राजकुमार श्रेष्ठ र अर्का युवा रणबहादुर घर्ती हुन् । कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको छ। प्रहरीले अहिले शव बोरामा हालेर दाङ ल्याउँदै छ। ब्यापारी श्रेष्ठ जेठ २६ गते साँझ अपहरणमा परेका थिए।

दाङका व्यापारी श्रेष्ठको अपहरणमा ‘युवती प्रयोग’ अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटेको थियो। टोलीले अपरहणमा सम्लग्न केहीलाइ पक्राउ गरेपछि उनीहरुको आधारमा शव पत्ता लागेको हो।

श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर प्रयोग भएको प्रहरीको निष्कर्ष छ। सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ। श्रेष्ठको शव भेटेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...